तीन दिनसम्म टेलिकमको अनलिमिटेड अफर !

तीन दिनसम्म टेलिकमको अनलिमिटेड अफर !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं : संविधान दिवसका अवसरमा आज असोज २ देखि ४ गतेसम्मका लागि अनलिमिटेड युट्युब, फेसबुक तथा अन्य विभिन्न प्याक उपलब्ध गराइएको नेपाल टेलिकमले जनाएको छ।

टेलिकमका अनुसार असोज २, ३ र ४ गते अनलिमिटेड युट्युब तथा अनलिमिटेड फेसबुक प्याक छुट्टाछुट्टै ५५ रुपियाँ प्रतिप्याक खरिद गरी खरिद गरिएको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिनेछ।

साथै अनलिमिटेड युट्युब र अनलिमिटेड फेसबुक प्याकमध्ये कुनै एक खरिद गर्ने ग्राहकले एड(अन प्याकका रुपमा १५ रुपैयाँमा १ जीबी डाटा प्याक खरिद गरी डाटा प्रयोग गर्न सकिने सुविधासमेत उपलब्ध गराइएको छ। यो प्याक पनि खरिद गरेको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिने टेलिकलमे जनाएको छ।

टेलिकमा अनुसार हाल समर अफरअन्तर्गत २८ दिन समयावधि हुने १ जीबी दैनिक डाटा प्याक लिन ८ सय ५० रुपैयाँ लिने गरिएकामा संविधान दिवसका अवसरमा यसमा पनि ३४ दशमलव ७ प्रतिशत छुट गरिएको छ। जसअनुसार अब यो प्याक असोज ४ गतेसम्म ५५५ रुपैयाँमै उपलब्ध हुने कम्पनीले जनाएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय