बिहिबार देखि लामो दुरीका सवारी साधन चल्ने, यस्ता छन् मापदण्ड

बिहिबार देखि लामो दुरीका सवारी साधन चल्ने, यस्ता छन् मापदण्ड

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

असोज १ गते देखि लामो दुरीका सवारी साधन संचालन हुने भएका छन्। मन्त्रिपरिषद्को निर्णय पछि बुधबार नेपाल यातायात व्यवसायी महासंघ र तीनवटा मजदुर टेड युनियनले संयुक्त रुपमा छलफल गरेर लामो, छोटो दुरीका सबै गाडी सञ्चालन गर्ने भनेर जानकारी दिएका हुन्। सरकारले कोभिड-१९को कारण ५० प्रतिशतसम्म भाडा बढाउन यातायात व्यवसायीलाई अनुमति दिइसकेको छ भने गाडीको सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्ने र चालक, सहचालकले मास्क, सेनिटाइजर अनिवार्य प्रयोग गनुपर्ने, साथै यात्रुले पनि यात्रा अवधिभर मास्क लगाएर यात्रा गर्नु पर्ने र गाडी चढ्नुअघि यात्रुलाई सेनिटाइजर व्यवस्था गर्नुपर्ने नियम बनाइएको छ। कोरोनाका कारण गत चैत देखि ठप्प भएका लामो दुरीका सवारीसाधन संचालनमा आउन लागेका हुन्।

यस्तो छ बैठकपछि जारी गरिएको विज्ञप्ति

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय