हिमाल आरोहण गर्ने उधेश्य सहित बहराईनका राजकुमार नेपाल आईपुगे

हिमाल आरोहण गर्ने उधेश्य सहित बहराईनका राजकुमार नेपाल आईपुगे

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

लोबुचे र मनास्लु हिमालको आरोहण गर्ने उद्देश्यसहित विशेष विमानमार्फत बहराइनका राजकुमार नासिर बिन हामिद अल खलीफा १८ जनाको टोलिसहित नेपाल आएका छन्। १८ जनाको टोलीमा १५ जना बहराइन रोयल गार्ड (डिफेन्स फोर्स) मा कार्यरत छन् र बाकी २ जनाको भने केहि खुलाईएको छैन। उक्त टोलि १५ दिन क्वारेन्टिनमा बसेर कोरोन रिपोर्ट नेगेटिभ आएपछि नेपाल आएको हो।

टोली लगभग २ महिना समयावधिको कार्यक्रम सहित नेपाल आएको र लोबुचे र मनास्लु हिमाल आरोहणलाई पूर्वतयारीको रूपमा लिँदै सन् २०२१ मा सर्वोच्च शिखर सगरमाथा समेत आरोहण गर्ने योजना रहेको बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले जानकारी गराएका हुन्। भदौ १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त टोलीलाई नेपालमा आएर आरोहण गर्न अनुमति दिएको हो। पर्यटनको अवस्था कोभिड-१९ का कारण बिगत छ महिना देखि ठप्प रहेको थियो भने पहिलोपटक नेपालमा ‘हाइप्रोफाइल’ पर्यटक भित्रिएका हुन्।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय