करेन्ट लागेर तिन बालबलिकाको मृ*त्यु

करेन्ट लागेर तिन बालबलिकाको मृ*त्यु

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

दाङ घोराही उपमहानगरपालिका १० उत्तरअम्राईमा करेन्ट लगेर ३ जना बालबलिकाको मृत्यु भएको छ। पानी तान्न कुलोमा प्रयोग गरिएको मोटरबाट करेन्ट प्रवाह भएपछि सोमबार दिउँसो साढे १ बजे उनीहरूको मृत्यु भएको हो । मृत्यु हुनेमा आठ वर्षीय प्रशान्त चौधरी, चार वर्षीया रेणुका चौधरी र तीन वर्षीय अमृत चौधरी रहेका छन्।

कुलो नजिकैको एक घरमा  १३ औं दिनको पुण्यतिथीको कार्यक्रम रहेकाले कुलोबाट पानि तानिएको र कुलोमा पौडी खेल्न जाने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् डिएसपी सुमित खड्काले बताए।

यस्तै डिएसपी खड्काले बताए अनुसार बालबालिकाका शवलाई पोष्टमार्टम गर्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय