बागलुङ्गमा पहिरोले तिन घर पुरीए

बागलुङ्गमा पहिरोले तिन घर पुरीए

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा आज बिहान ५ बजे खसेको पहिरोले तिन ओटा घर पुरेको छ। कुश्मीशेराको टुनिबोटमा घर माथिबाट आएको पहिरोले घर पुरिँदा ६० वर्षीया लक्ष्मी पौडेलको मृत्यु भएको छ भने उनका ७० वर्षीय श्रीमान् मणिभद्र पाध्या गम्भीर घाइते भएका छन् । घाइते पाध्यालाई स्थानीयवासीले उद्धार गरेर उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरा लागेको एक स्थानीय बासीले बताए। बागलुङ–कुश्मीशेरा सडक निर्माणका क्रममा लगाइएको तारजालीसहितको पहिरोले ३ घर सहित गोठ पनि पुरिएको साथै पहिरोको थप विवरण आउन बाँकी नै छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय