सुमित्रा कंडेल : पाल्पा जिल्लाको माथागढी गाउँपालिकाले वडा नं १ को केही क्षेत्रहरू सिल गर्ने निर्णय गरेको छ । समुदाय स्तरमा कोरोना संक्रमण पुष्टि भएपछि सिल गर्ने निर्णय भएको हो । वडा नं १को वडा कार्यालय, सातदोबाटो लगायतका क्षेत्रमा पसल, यातायातका साधन नचलाउन र नखोल्न,स्थानीय बासिन्दालाई अनावश्यक हिड्डुल नगर्न अग्रह गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले जानकारी दिनुभयो ।नेपालले सोही स्थान भएर अन्य स्थानीय तहमा चल्ने सवारी साधनले सो स्थानमा सवारी साधन नरोक्ने तथा यात्रुहरूलाई चढाउने, झराल्ने नगर्नुहुनु समेत आग्रह गरिएको बताउनुभयो ।
यस्तै तिनाउ गाउँपालिकाको सेवा बन्द गरिएको छ । तिनाउको वडा नं. २ सहित वडा कार्यालय र दोभान बजार क्षेत्र सील गरेको हो । गाउँपालिकाले आइतबारदेखि नै आकस्मिक सेवाबाहेक अन्य सेवा बन्द गरेको गाउँपालिका अध्यक्ष ओम बहाद’र घर्ती मगरले जानकारी दिनुभयो ।




