प्रजिअ सुरेश न्यौपाने द्वारा ढोरपाटनको बाढी प्रभावित क्षेत्र अवलोकन

प्रजिअ सुरेश न्यौपाने द्वारा ढोरपाटनको बाढी प्रभावित क्षेत्र अवलोकन

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ्ग ढोरपाटन नगरपालिका वडा नं ७, ८ र ९ मा बुधबार गएको बाढी र पहिरोको कारण उक्त ठाउको अवस्था निकै नै कारुणिक रहेको छ। आफन्तजन गुमाएकोमा स्थानीयबासी भावविव्हल भएका छन् । बाढी पहिरोका कारण ठुलो जन धनको क्ष्यति भएको छ। बुर्तिवाङ ढोरपाटन सडक छियाछिया बनेको छ भने स्थानीयलाई आवत जावतमा समस्या सिर्जना भएको छ । यस्तो अवस्थामा बाढी पहिरोबाट पुगेको जनधनको ठुलो क्षतीको निरीक्षण गर्न प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले नेतृत्व गरेको टोलि घटनास्थलमा पुगेको साथै जिल्ला सुरक्षा टोलीले बाढी पहिरोको स्थलगत अवलोकन गरी पीडितहरुको उद्धारमा सक्रियताका साथ लागेको सम्बाददाता जीवन पाण्डेले बताउनु भयो।

हुन त् राति सुतिरहेको बेला अचानक खहरे खोला बढेर आएर घर, गाउ आफ्ना आफन्त, छोरा छोरी, आमा बाउ सबै धन नै बगाएर लग्यो भने त्यस्तो अवस्था देखेर कसको मन पो नरोला झन् जसले आफ्ना गुमाएका हुन्छन उनीहरुको पिडा कसले पो बुझ्ला ? नेताका लागि जनता काम लाग्ने भनेको चुनाबमा मात्र रहेछन भनेर उक्त ठाउका स्थानिय बासिहरुको गुनासो रहेको छ। प्र जि अ सुरेश न्यौपानेको टोलिले भने उद्धार कार्य तीव्र गतिमा गरिरहेको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय