एम्बुलेन्स पठाउने ब्यबस्था मिलाईएको थियो तर वडाध्यक्ष आउँन मान्नुभएन – बडिगाड गाउँपालिका

एम्बुलेन्स पठाउने ब्यबस्था मिलाईएको थियो तर वडाध्यक्ष आउँन मान्नुभएन – बडिगाड गाउँपालिका

साहसी खबर
2 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

कोरोना जितेका आफ्ना वडाध्यक्ष ल्याउन नआएको भन्ने बिषयमा बडिगाड गाउँपालिकाको प्रेस  बिज्ञप्ती यसप्रकार छ |

ई-परी न्यूज डट कम बागलुङ्गले मिति २०७७/५/१६ गते प्रकाशन गरेको कोरोना जितेका आफ्ना वडा अध्यक्ष ल्याउन आएन बडिगाड भन्ने समाचार प्रति हाम्रो गम्भिर ध्यान आर्कषण भएको छ। बडिगाड गाउँपालिका ६ नं. वडा को वडा अध्यक्ष श्री मौसम काजी क्षेत्री र ७ नं. वडाको वडा अध्यक्ष श्री कृष्ण गुरुङको स्वाव परिक्षणमा कोभिड-१९ भाईरस नेगेटिभ भएको रिपोर्ट मिति२०७७/५/१५ गते प्रकाशन भए पछि तत्काल उहाँहरुलाई लिन एम्बुलेन्स पठाउने ब्यबस्था मिलाईएको थियो। (कोभिड-१९ संग सम्बन्धित ब्याक्तिहरुलाई ओसार पसारको लागि बडिगाड गाउँपालिकाले दुई वटा एम्बुलेन्स ब्यबस्था गरेको र हाल सम्म ३८ जना कोरोना संक्रमण नेगेटिभ रिपोर्ट आएका मानिसहरुलाई समेत सोही एम्बुलेन्सबाट बडिगाड गाउँपालिका सम्म ल्याउने ब्यबस्था मिलाईएको थियो)।

वडा नं.७ को वडा अध्यक्ष श्री कृष्ण गुरुङले यस कार्यालयको ज.स्वा.नि. चुडामणी कँडेल सँग फोन सम्पर्कमा एम्बुलेन्स नपठाउनु हामी अर्को गाडि ब्यबस्था मिलाएर आउछौं भन्ने जवाफ दिनु भएको र बागलुङबाट बडिगाड सम्म आउने गाडिको भाडा कार्यालयले भुक्तानी दिने ब्यबस्था समेत भएको हो। समाचारमा उल्लेख भएको जस्तो ६ नं. वडाको वडा अध्यक्ष श्री मौसम काजी क्षेत्रीले छुट्टै गाडीको ब्यबस्थाको लागि गाउँपालिका अध्यक्ष श्री मेहरसिंह पाईजा सँग फोनमा कुराकानी नगरेको, उहाँहरु प्रति कार्यालयले कुनै पनि प्रकारको बिभेद नगरेकोले उक्त भ्रामक संचार प्रति भ्रममा नपर्न आग्रह गर्दछौं।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय