अपडेट : म्याग्दीमा पहिरोमा परी २९ जना बेपत्ता, २ जनाको शव भेटियो, एकजनालाई खोलाले बगायो !

अपडेट : म्याग्दीमा पहिरोमा परी २९ जना बेपत्ता, २ जनाको शव भेटियो, एकजनालाई खोलाले बगायो !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

रामप्रसाद घिमिरे, म्याग्दी २०७७ असार २६ । अबिरल वर्षाका कारण आज विहान म्याग्दी जिल्लाको विभिन्न स्थानमा गएको भीषण पहिरोमा परी २९ जना बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिएका छन् । प्रजिअ ढकालले दिएको जानकारी अनुसार दुई जनाको शव पहिरोमा फेला परेको र एक जनालाई खोलाले बगाएको प्रत्यक्षदर्शीले देखेको बताईएको छ । आज विहान रहुगंगामा आएको बाढीका कारण रहुघाटको बेलिब्रिज बगाउदा म्याग्दी देखी मुस्ताङ सन्चालन हुने सवारी साधनहरु सन्चालन हुन सकेका छैनन् ।

आज विहान रहुगंगामा आएको बाढीका कारण रहुघाटको बेलिब्रिज बगाउदा म्याग्दी देखी मुस्ताङ सन्चालन हुने सवारी साधनहरु सन्चालन हुन सकेका छैनन् । अहिले पनि भीषण वर्षा भैरहेकाले उद्धार कार्यमा कठिनाई भएको प्रजिअ ढकालको भनाई छ । बेपत्ताहरुको खोजीकार्य जारी रहेको प्रजिअ ढकालले बताए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय