बडिगाड अनलाइन । बडिगाड गाउँपालिकामा अधिकारी परिवारले १ सय २५ घरपरिवारलाई राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरेका छन् । बडिगाड गाउँपलिका वडा नं ६ स्थित अतिविपन्न र दैनिक ज्यालामजदुरी गरी जिविकोपार्जन गरीरहेका र लकडाउनका कारण प्रभावित बनेका परिवारलाई राहत वितरण गरिएको बताईएको छ ।
स्वर्गीय बुवा चुरा बहादुर अधिकारी ,आमा तुलसी अधिकारी र भाइ समशेर अधिकारीको नाममा बडिगाड गाउँपालिका वडा नं ६ स्थायी घर भई हाल वैदेशिक रोजगारीको शिलशिलामा अमेरिकामा रहनुभएका नम बहादुर अधिकारी र उहाँकी श्रीमती कमला अधिकारीले पठाउनुभएको रकमले बडिगाडका १ सय २५ घरपरिवारलाई राहत वितरण गरिएको हो ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण वास्तविक मजदुर र ज्याला मजदुरी गर्ने गरिव परिवारको दैनिक जीवन यापनमा समेत कठिनाई भईरहेको अवस्थामा आफुहरुले थोरै भएपनि विपन्न परिवारलाई सहयोग होस भनेर खाद्यान्न सामाग्री वितरण गरेको सहयोगी दम्पती अधिकारीले बताउनुभयो ।

वडा नं ६ का १ सय २५ घरधुरीलाई करिब १ लाख २९ हजार बराबरको खाद्यान्न सामाग्री राहत स्वरुप वितरण गरिएको गण्डकी अधिकारीले जानकारी दिनुभयो ।





