न्याय नपाए गोर्खा जानू, भ्रष्टाचार गर्न ओली क्याबिनेटमा जानू : राप्रपा

न्याय नपाए गोर्खा जानू, भ्रष्टाचार गर्न ओली क्याबिनेटमा जानू : राप्रपा

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले अडियो प्रकरणमा मुछिएपछि राजीनामा दिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई पक्राउ गरेर छानबिन गर्न माग गरेका छन् ।

आज (मंगलबार) प्रतिनिधिसभा बैठकमा उनले भने, ‘मन्त्रीलाई तत्काल पक्राउ गरियोस्, छानबिन गरियोस् । अन्य मन्त्रीमाथि पनि छानबिन गरियोस् ।’ भ्रष्टाचार गरेको व्यक्तिले राजीनामा गर्दैमा उन्मुक्ति पाउन नमिल्ने उनको भनाइ छ ।

उनले एउटा उखान उल्लेख गर्दै भने, ‘पहिले–पहिले एउटा चलन थियो, अहिले पनि छ । ज्ञान नपाए काशी जानू, न्याय नपाए गोर्खा जानू, भ्रष्टाचार गर्न नपाए केपी ओलीको क्याबिनेटमा जानू । खुलमखुल्ला अडियो टेप प्रकरणमा मन्त्री क्वार्टरमा पैसा दिएको छ, मन्त्रीले राजीनामा दिएर स्वीकृत हुन्छ ?’, उनले भने । शाहीले प्रधानमन्त्री केपी ओलीलाई आरोपित गरेको भन्दै एमाले सचेतक सुनिता बरालले नियमापत्ति गर्दै अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरिन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय