केरुङमा अलपत्र नेपालीहरूको उद्धार गर्न सरकारलाई शेखर कोइरालाको आग्रह

केरुङमा अलपत्र नेपालीहरूको उद्धार गर्न सरकारलाई शेखर कोइरालाको आग्रह

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केरुङमा अलपत्र परेका नेपालीहरूको उद्धार गर्न सरकारलाई आग्रह गरेका छन् ।

रसुवागढीमा आएको बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएपछि व्यवसाय र कामको लागि केरुङ गएका नेपालीहरू अलपत्र परेकाले उनीहरूको उद्धार गर्न आग्रह गरेका हुन् ।

कोइरालाले शुक्रबार आफ्नो ट्विटरमा लेखेका छन्, ‘रसुवागढीमा आएको बाढीका कारण उक्त नाकाबाट नेपाल चीन आवत जावत बन्द भएको छ । जसले गर्दा व्यवसाय र कामको लागि केरुङ गएका धेरै नेपालीहरू त्यहीँ अलपत्र परेका छन्, ती नेपालीहरूलाई तुरुन्त वैकल्पिक मार्गबाट नेपाल ल्याउन म सरकारसँग आग्रह गर्दछु ।’

साथै उनीहरूलाई खाद्यान्न, बास र औषधीको समेत अभाव हुन थालेको भन्दै चीन सरकारसँग समन्वय गरेर अलपत्र नेपालीहरूलाई स्वदेश ल्याउनुपर्ने बताएका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय