कुलिङ पिरियडमा भएको छेडखानीबारे छानबिन गर्न ७ सदस्यीय समिति गठन

कुलिङ पिरियडमा भएको छेडखानीबारे छानबिन गर्न ७ सदस्यीय समिति गठन

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । संघीय निजामती विधेयकको कुलिङ पिरियडमा भएको अनियमितताको छानबिन गर्न विशेष संसदीय समिति गठन हुने भएको छ ।

सभामुख देवराज घिमिरेसहित विभिन्न दलका नेताहरूबीच शनिवार भएको छलफलपछि यो छानबिन समिति गठन गर्ने निर्णय भएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।

उनका अनुसार समिति सात सदस्यीय हुनेछ । यसमा नेकपा एमाले र नेपाली कांग्रेसबाट २–२ जना, तथा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट १–१ जना सदस्य रहनेछन् ।बर्तौलाले संसद्को नियमावलीको नियम १८० अनुसार समिति गठन गर्ने निर्णय भएको जानकारी दिए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय