मोहन बस्नेतलाई गगनको जवाफ- फोहोर चलाएर फोहोरी बन्दिनँ

मोहन बस्नेतलाई गगनको जवाफ- फोहोर चलाएर फोहोरी बन्दिनँ

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा महामन्त्री गगन थापाले केन्द्रीय सदस्य मोहन बस्नेतले आफूमाथि लगाएको आरोपलाई फोहोरको संज्ञा दिएका छन् । थापाले केन्द्रीय समिति बैठकमा बस्नेतले आफूमाथि लगाएको आरोपलाई खारेज गर्दै भने, ‘फोहोर चलाएर म फोहोरी बन्न चाहन्नँ ।’

उनले कुनै आरोपको प्रतिवाद गर्नुको सट्टा त्यसलाई खारेज गर्ने बताउँदै भनेका छन्, ‘बाले भन्नु हुन्थ्यो, कसैले आरोप लगाए जवाफ दिइहाल्नु पर्छ । आमाले भन्नु हुन्थ्यो, फोहोर नचलाउनु, फोहोर चलाए आफै फोहोरी भइन्छ । आज म आमाको कुरा सुन्छु ।’

थापाले सभापति शेरबहादुर देउवालाई प्रत्यक्ष सम्बोधन गर्दै, आफ्नो अनुपस्थितिमा केन्द्रीय समितिको बैठकमा धम्कीपूर्ण भाषा र अभद्र व्यवहार देखाउने प्रवृत्तिको आलोचना गरे । उनले भने, ‘म तरुण दलको अनशनरत साथीहरूको माग सम्बोधन गर्न वार्तामा थिएँ । तर बैठकभित्रै एक केन्द्रीय सदस्यले हुंकार मिश्रित धम्की दिनुभयो रे । त्यो नैतिक पतन हो ।’

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय