शिक्षा ऐन नआए २३ असारपछि आन्दोलनमा जान्छौं : शिक्षक महासंघ

शिक्षा ऐन नआए २३ असारपछि आन्दोलनमा जान्छौं : शिक्षक महासंघ

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

नेपाल शिक्षक महासंघले १५ असारभित्र विद्यालय शिक्षा ऐन ल्याउने सहमति कार्यान्वयन नभएको भन्दै असार २३ सम्म पर्खने निर्णय गरेको छ । महासंघले उक्त मितिसम्म ऐन नआए कडा आन्दोलनमा जाने चेतावनी दिएको छ ।

गत १७ वैशाखमा सरकारले शिक्षक महासंघसँग भएको सहमतिअनुसार १५ असारभित्र विद्यालय शिक्षा ऐन ल्याउने भनिएको थियो । तर सो अवधिसम्म ऐन नआएपछि महासंघले अन्तिम मौका दिँदै २३ असारसम्म कुर्न लागेको हो ।

महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीका अनुसार संसद्को बैठक २३ असारमा बस्ने तय भएकाले सो मितिसम्म कुर्ने निर्णय गरिएको हो । ‘सहमतिको समय सकिएको छ । तर २३ असारसम्म पर्खिन्छौं । त्यो दिन संसद्को बैठक पनि छ,’ पराजुलीले भनिन् ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट विधेयक पारित गर्ने तयारी रहे पनि शिक्षकका मागमा सहमति नजुटेपछि प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

महासंघले गत २० चैतदेखि २९ दिन लामो आन्दोलन गरेका थिए । त्यसपछि १७ वैशाखमा शिक्षा ऐन १५ असारभित्र ल्याउने सहमति भएको थियो । तर सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै महासंघ आक्रोशित बनेको हो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय