कृषि बजेट दुरुपयोगको विरोधमा आमरण अनसनमा सन्देश भण्डारी

कृषि बजेट दुरुपयोगको विरोधमा आमरण अनसनमा सन्देश भण्डारी

साहसी खबर
2 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

लुम्बिनी प्रदेशको दाङ देउखुरी गढवा गाउँपालिका–१ स्थित बनगुश्री गाउँका सचेत युवा सन्देश भण्डारी क्षेत्री कृषि बजेट दुरुपयोगको विरोधमा आमरण अनशनमा बसेका छन्।

उनले प्रदेश सरकारअन्तर्गतको कृषि अनुदानको दुरुपयोगको निष्पक्ष छानबिनको माग गर्दै लुम्बिनी प्रदेश सरकार कार्यालय अगाडि आमरण अनशन थालेका हुन्।

बनगुश्री गाउँमा अवस्थित धानखोला कृषि सहकारी संस्थामा प्रदेश सरकारबाट १० लाख, स्थानीय गाउँपालिकाबाट ४ लाख र वडा कार्यालयबाट १ लाख रुपैयाँ गरी तीन तहका सरकारी निकायबाट कृषि प्रयोजनका लागि अनुदान बजेट आएको थियो। तर, सो बजेट सहकारी संस्थाभित्र नलगानी गराई बाहिरै समिति गठन गरी योजनाबद्ध तरिकाले दुरुपयोग गरिएको आरोप भण्डारीले लगाएका छन्।

उनका अनुसार, रोजगार संयोजकको जिम्मेवारी सम्हालिरहेका व्यक्ति, जो एक चर्चसँग समेत आवद्ध छन्, उनले बजेट रकम निजी स्वार्थमा प्रयोग गरेका छन्। सहकारीमा न त लेखापरीक्षण गरिएको छ, न त वार्षिक आम्दानी र खर्चको लेखाजोखा नै प्रस्तुत गरिएको छ।

“सहकारीमा आवद्ध महिला दिदीबहिनीहरू निराश छन्, आवाज उठाउन खोज्दा उनीहरूलाई ज्यान मार्ने धम्की दिइएको छ,” भण्डारीले बताए। यस्तो धम्की सार्वजनिक पदमा रहेका व्यक्तिबाट आएको उनको दाबी छ।

यस घटनाको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत दर्ता गरिएको छ। आयोगले यसबारे पत्र पठाएपनि गाउँपालिकाकै उपाध्यक्ष घटनालाई ढाकछोप गर्न लागि परेको भण्डारीको भनाइ छ।

यसै कारण भण्डारी निष्पक्ष छानबिनको माग गर्दै आमरण अनशनमा बसेका हुन्। “बजेट दुरुपयोगजस्ता कार्य सह्य छैनन्, दोषीलाई कारबाही नभएसम्म मेरो अनशन जारी रहनेछ,” उनले अनशनस्थलबाट भने।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय