भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नताबारे देउवाको टिप्पणी- बेकारको झूटा कुरा हो

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नताबारे देउवाको टिप्पणी- बेकारको झूटा कुरा हो

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

चितवन । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्धारित समयमै पार्टीको महाधिवेशन हुने बताएका छन् । आज (बिहीबार) चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग सभापति देउवाले निर्धारित समयमा नै महाधिवेशन हुने बताएका हुन् ।

उनले कांग्रेस र एमाले फरक–फरक दल भएकाले कतिपय निर्णयमा एकमत नहुनु सामान्य कुरा भएको धारणा राखेका छन् । सभापति देउवाले कांग्रेसको आग्रहपछि टेक एन्ड पे हटाएको भन्दै यसलाई सामान्य रूपमा लिन आग्रह समेत गरे । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नताबारे सोधिएको प्रश्नमा भने, ‘कहाँबाट हुनु नि । बेकारको झूटा कुरा हो । सभापति देउवाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकविरुद्ध झुटा आरोप लगाउने प्रयास भएको आरोप लगाए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय