रास्वपालाई कांग्रेसको प्रश्न- रविलाई सभापतिमा राखिराख्न कुन नैतिकताले दियो ?

रास्वपालाई कांग्रेसको प्रश्न- रविलाई सभापतिमा राखिराख्न कुन नैतिकताले दियो ?

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसले सहकारी ठगीलगायत पाँच वटा मुद्दा खेपेको व्यक्तिलाई पार्टी सभापतिबाट नहटाएको रास्वपाले अरुलाई नैतिकताको पाठ पढाउन नमिल्ने भन्दै कटाक्ष गरेको छ। आइतबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले रास्वपाले अरुलाई नैतिकताको पाठ पढाउन नमिल्ने बताएका हुन्।

‘सहकारी ठगीको मुद्दा खेपिराखेका व्यक्तिलाई पार्टी सभापतिको पदमा विराजमान गराइराख्न कुन नैतिकताले दियो ? पाँच वटा मुद्दामा जेलमा रहेका व्यक्तिलाई सभापतिबाट हटाउन नसक्नेले नैतिकताको पाठ सिकाउन मिल्छ कि मिल्दैन ?,’ उनले भने ।

घिमिरेले मन्त्रालयको एक कर्मचारी पक्राउ परेको विषयलाई लिएर गृहमन्त्रीको राजीनामा माग गर्नु आपत्तिको विषय भएको बताएका छन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा गर्नुपर्ने मागसहित विपक्षी दलले जेठ १३ गतेदेखि संसद् अवरुद्ध गर्दै आएका छन्। शुक्रबारदेखि माओवादी केन्द्र संसद् खोल्न सहमत भएपछि रास्वपा र राप्रपाले विरोध जनाइरहेका छन् । रास्वपा सांसदको नाराबाजीका बाबजुद सभामुखले संसद्को बैठक अगाडि बढाएका छन्। संसद्मा बजेटमाथि छलफलको कार्यसूची छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय