हेवाखोलामा निर्माणाधीन बेलिब्रिज भत्किँदा घाइते मध्ये तीन मजदुरको मृत्यु

हेवाखोलामा निर्माणाधीन बेलिब्रिज भत्किँदा घाइते मध्ये तीन मजदुरको मृत्यु

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

पाँचथर । मेची राजमार्गको पाँचथर खण्ड अन्तर्गतको हेवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिदा घाइते भएका तीन मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा बाराको सिमरा उपमहानगरपालिका–१२ निवासी २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरी रहेका छन्।

गम्भीर घाइते भएका उनीहरुलाई पाँचथर अस्पतालबाट थप उपचारका मोरङको विराटनगरस्थित नोवेल मेडिकल कलेज टिचिङ अस्पताल पठाइएकोमा अस्पताल पुर्‍याउना साथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। बाँकी घाइते तीन जनाको उपचार भइरहेको छ।

२०८१ असोज १२ गते आएको बाढीले यहाँको बेलिब्रिज बगाएपछि यहाँ पुनः जडानको काम भइरहेको थियो। जडान नसकिँदै बेलिब्रिज खसेको हो। बेलिब्रिज खस्दा जडान गरिरहेका ६ जना घाइते भएका थिए। हेवाखोला पाँचथरको फिदिम नगरपालिका ४ र हिलिहाङ गाउँपालिका ७ को सीमानामा पर्छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय