पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी

पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पाठकविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत (साइबर) को कसुरमा पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ।पक्राउ पुर्जी जारी भएको प्रहरीले पुष्टि गरे पनि पाठकविरुद्ध कसले, के आरोपमा उजुरी हालेको भन्नेबारे केही बताएको छैन।

पाठकविरुद्ध प्रहरीको केन्द्रीय साइबर ब्यूरोमा उजुरी परेपछि ब्यूरोले पक्राउ पुर्जीका लागि काठमाडौं जिल्ला अदालतसँग अनुमति मागेको थियो। त्यसपछि अदालतले पाठकविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । पाठकले तीन हप्ता अगाडि आफ्नो युट्युब च्यानलमा हिल्टन होटलको शेयर खरिद बिक्रीसँग सम्बन्धित सामग्री पोष्ट गरेका थिए।

पाठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवाका छोरा जयवीरबारे चर्चा गर्दै दुबई, अष्ट्रेलिया हुँदै क्यानडासम्म रियलस्टेट बिजनेस फैलाएको युट्युब च्यानलमा पोष्ट गरेका थिए। शंकर ग्रुपको मुख्य लगानी रहेको नक्शालस्थित पाँचतारे होटल हिल्टनमा पनि जोडिएको दाबी गरेका छन्। साथै उनले जयवीरको सम्पत्तिमा पनि प्रश्न उठाएका छन्। पत्रकार पाठकलाई यही विषयमा पक्राउ पुर्जी जारी भएको अनुमान गरिएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय