अमेरिकामा आजबाट नयाँ भिसा प्रतिबन्ध

अमेरिकामा आजबाट नयाँ भिसा प्रतिबन्ध

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । अमेरिकामा आजदेखि नयाँ भिसा प्रतिबन्ध नीति लागू हुँदैछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जुन ४ मा जारी गरेको कार्यकारी आदेश आज (सोमबार) देखि कार्यान्वयनमा आउन लागेको हो ।

ट्रम्पको आदेशअनुसार अफगानिस्तान, इरान, सोमालिया, यमन, लिबिया, सुडान, हाइटी, म्यानमार, चाड, कंगो गणराज्य, इक्वेटोरियल गिनी र इरित्रिया लगायतका १२ राष्ट्रका नागरिकलाई अमेरिकी भिसा आवेदनमा पूर्ण प्रतिबन्ध लगाइँदै छ।

यसका अतिरिक्त बुरुन्डी, क्युबा, भेनेजुएला, लाओस, सिएरा लियोन, टोगो, तुर्किमेनिस्तान र भेनेजुएलाका नागरिकहरूको भिसा आवेदनमा आंशिक प्रतिबन्ध लगाइँदै छ। राष्ट्रपति ट्रम्पले यो निर्णय विदेशी आतंकवादी र अन्य सुरक्षा खतराहरूबाट देशलाई जोगाउन आवश्यक भएको बताउँदै आएका छन् । त्यसअघि जारी गरिएका भिसा भने खारेज नहुने ट्रम्प प्रशासनले प्रस्ट पारेको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय