अमेरिकी हमलाले भड्कियो इरान : इजरायलका १४ शहरमा मिसाइल आक्रमण

अमेरिकी हमलाले भड्कियो इरान : इजरायलका १४ शहरमा मिसाइल आक्रमण

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । इरानले इजरायलको राजधानी तेल अविवस्थित बेन गुरियन एयरपोर्टसहित कैयौं महत्वपूर्ण क्षेत्रमा आक्रमण गरेको छ। इरानको सरकारी न्युज एजेन्सी फार्सका अनुसार यस जवाफी कारबाहीको नाम अप्रेशन अनेस्ट प्रमिस ३’ दिइएको छ। इरानी सेनाका अनुसार यो आक्रमणमा लामो दूरीका मिसाइलहरुको प्रयोग गरिएको छ। जसमा धेरै शक्तिशाली विष्फोटक पदार्थ राखिएका छन्। सेनाका अनुसार हवाई अड्डा, एक बायोलोजिकल रिसर्च सेन्टर, हतियारको केन्द्र र सेनाको कमान्ड क्षेत्रलाई निशाना बनाइएको हो।

इरानको ब्यालेस्टिक मिसाइल आक्रमणमा इजरायलको मध्ये र उत्तरी क्षेत्रमा २३ जना घाइते भएका छन्। टाइम्स अफ इजरायलका अनुसार तेल अविवको इचिलोभ मेडिकल सेन्टरमा पाँच जनालाई गम्भीर अवस्थामा पुर्‍याइएको छ। अमेरिकाले आफूमाथि गरेको आक्रमणबाट इरान क्रोधित बनेको छ। यसको जवाफमा उसले पुनः इजरायलमाथि आक्रमण गर्न थालेको छ । इरानले आफ्नो देशमाथि ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमण सुरु भएको पुष्टि इजरायली रक्षा बल (आईडीएफ) ले गरेको छ।

पछिल्लो २४ घण्टामा इरानले प्रत्यक्ष रूपमा क्षेप्यास्त्र प्रहार गरेको यो पहिलो पटक हो। तेल अभिभमा साइरनको आवाज सुनिएको छ। सबै नागरिकहरूलाई सतर्क रहन सल्लाह दिइएको छ। आईडीएफका अनुसार, इरानले इजरायलतर्फ ४० वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ। यो अहिलेसम्मकै सबैभन्दा ठुलो एकल आक्रमण मानिएको छ । धेरै ठाउँमा क्षेप्यास्त्र खसेको रिपोर्ट आएको छ र राहत टोलीहरू त्यहाँ पुगेर घाइतेहरूको खोजी गरिरहेका छन्।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय