बाजुराको बाम्का बजारमा भीषण आगलागी

बाजुराको बाम्का बजारमा भीषण आगलागी

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका–८ मा स्थित बाम्का बजारमा ग्यास सिलिण्डर पड्केर भीषण आगलागी भएको छ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक इकबाल हवारीका अनुसार ग्यास बम्का बजारमा रहेको नवदुर्गा होटलमा सिलिण्डर पड्किएर आगलागी भएको हो। दिउँसो ४ बजे लागेको आगो अझै नियन्त्रणमा आएको छैन । बाजुरा बुढीगंगा नगरपालिकाका मेयर रामबहादुर बानियाँले आगलागीबाट ठूलो क्षति भएको बताए।

‘अहिले पनि आगो नियन्त्रणमा आएको छैन। पूरै बजारमा ठूलो क्षति भयो’, उनले भने। एक लाइनमा करिब ३०–३५ पसल थिए। ती पसलमा आगलागीबाट क्षति भएको उनले बताए। मानवीय क्षति नभए पनि ठूलो धनमालको क्षति भएको बताइएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय