प्रचण्डलाई लिङदेनको चेतावनी- यो ‘जनयुद्ध’ को समय होइन, तर्साउन नखोज्नुस्

प्रचण्डलाई लिङदेनको चेतावनी- यो ‘जनयुद्ध’ को समय होइन, तर्साउन नखोज्नुस्

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले अहिले ‘जनयुद्ध’ को समय नरहेकाले भ्रममा नपर्न नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सुझाव दिएका छन्। राजसंस्था र हिन्दु राज्य पुनस्र्थापनाको माग गर्दै संयुक्त जनआन्दोलन परिचालन समितिले मंगलबार काठमाडौंको सिफलमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो आग्रह गरेका हुन्।

हिजोकै जस्तो मान्छेलाई तर्साएर आफ्नोमुनि राख्न सकिन्छ कि भन्ने भ्रमबाट मुक्त हुन लिङदेनले प्रचण्डलाई आग्रह गरे । आफूहरूको आन्दोलन प्रचण्ड वा कुनै दलको विरुद्ध नभएर गणतन्त्रमा नाममा भइरहेको लुटतन्त्र अन्त्यका लागि भएको उनको जिकिर छ।

आन्दोलनविरुद्ध आउने जोकोहीलाई जनताले प्रतिकार गर्ने उनले दाबी गरे । निषेधाज्ञा विस्तार गर्ने, प्रदर्शनलाई रोक लगाउने काम संविधानविपरीत रहेकाले यस्ता निर्णय फिर्ता लिन अध्यक्ष लिङदेनले सरकारलाई आग्रह गरे। राजावादीको प्रदर्शनलाई मध्यनजर गर्दै काठमाडौं जिल्ला प्रशासनले सिफलचौर क्षेत्र, कोटेश्वर आकाशे पुलदेखि दक्षिण बालकुमारी क्षेत्र र बल्खु क्षेत्रबाहेक सबै स्थानलाई ‘निषेधित क्षेत्र’ घोषणा गरिसकेको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय