पुल बेचेको आरोपमा वडाध्यक्ष गौतम पक्राउ

पुल बेचेको आरोपमा वडाध्यक्ष गौतम पक्राउ

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–७ का वडाध्यक्ष अशोककुमार गौतम पक्राउ परेका छन्। रोशी गाउँपालिका–७ र नमोबुद्ध नगरपालिका–६ को सीमानामा रहेको पुललाई रोशी खोलाले बगाएको थियो। उक्त खोलाले बगाएको फलामका पार्टपुर्जाहरू चोरी गरेको आरोपमा प्रहरीले जेठ १२ गते चार जनालाई पक्राउ गरेको थियो ।

अनुसन्धानकै क्रममा प्रहरीले सोमबार वडाध्यक्ष गौतमलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी मिनबहादुर घलले जानकारी दिए। ‘अनुसन्धानका लागि हामीले हिजो पक्राउ गरेका छौं,’ उनले भने । प्रहरीले जेठ १२ गते चार जनालाई दुई वटा टिपरमा फलामका रडहरू लोड गर्दैगर्दा पक्राउ गरेको थियो ।

यस्तै, दुई जना टिपर चालकलाई पनि पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। पक्राउ पर्नेमा भारतका ३२ वर्षीय मन्टु कुमार, सर्लाहीका ३९ वर्षीय जितेन्द्र पासवान, टिपर चालकहरू काभ्रेका ४७ वर्षीय मानबहादुर तामाङ र ४० वर्षीय रमेश लामा छन्। उनीहरूमाथि प्रहरीले चोरी कसुरमा अनुसन्धान गरिरहेको बताएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय