बागलुङको बडिगाड गाउँपालिकाका एक युवाले बिद्यालयको छात्रवृत्ति कोषमा सहयोग गरेर आफ्नो मनाएका छन ।
बडिगाड गाउँपालिका-५, दाँग निबासी युवा देबिराम घिमिरेले आफुले अध्ययन गरेको बिद्यालय थानापति आधारभूत बिद्यालयको छात्रवृत्ति अक्षयकोषमा स्वर्गीय माता हेमकली घिमिरेको सम्झनामा नगद १० हजार रकम सहयोग गरेका हुन ।

जन्मदिनको उपलक्ष्यमा गरिएको यो सहयोग विपन्न तथा जेहन्दार विद्यार्थीको शैक्षिक आवश्यकतामा प्रयोग गरिने बिद्यालयका प्रधानाध्यापक खिमराज घिमिरेले बताए ।

पछिल्लो समय जन्मदिन मनाउन फजुल खर्चगर्ने प्रचलन बढ्दै गएको समयमा शिक्षा क्षेत्रमा गरिएको यो सहयोगबाट सबैले सिको गर्न सके शैक्षिक उन्नयनमा टेवा पुग्ने छ ।






