रास्वपाले भन्यो– गृहमन्त्रीलाई जवाफ दिएर भाग्न दिँदैनौँ

रास्वपाले भन्यो– गृहमन्त्रीलाई जवाफ दिएर भाग्न दिँदैनौँ

साहसी खबर
2 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय अभ्यासमा आफूहरु अनुभवी भइसकेको दाबी गरेको छ ।

सोमवार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका सांसद मनिष झाले आफूहरु संसदीय अभ्यासमा अनुभवी भइसकेको बताएका हुन् ।

उनले गृहमन्त्री रमेश लेखकको नाम भिजिट भिसाको प्रकरणमा संलग्नता रहेको कुरा सञ्चारमाध्यममा आइरहेको भन्दै बैठकमा सो बारेमा छलफल भएको बताए ।

सांसदहरुले बैठकमा आफ्ना धारणाहरु राख्नुभएको र नेताहरु रणनीति बनाउने काम गरिरहेको उल्लेख गरे । विगतमा कुनैपनि प्रश्न उठ्दै गर्दा नेताले राजीनामा दिएर प्रक्रियालाई सघाउनुपर्छ भन्ने दृष्टान्त, व्याख्याहरु वर्तमान गृहमन्त्रीले बिर्सिनुभएको बताए ।

उनले भने– ‘गृहमन्त्रीज्युको भिजिट भिसाको प्रकरणमा संलग्नता र आज विभिन्न दलहरुले गरेको बैठक, त्यसबाट आएको अभिमत, राजनीतिक स्टेटमेण्टहरु आएको छ, त्यसको बारेमा हाम्रो रणनीति के हुन्छ, त्यसको बारेमा आवश्यक छलफल गरेका छौँ । आज यथेष्ट रुपमा यो एजेण्डामा सबैले आफ्नो अभिमत राखेर सबैको अभिमत सुनेर नेतागणले रणनीतिक तयारी गरिरहेका छौँ । हामी अब सदनमा अनुभवी भइसकेका छौँ । पहिला प्लान गर्दथ्यौँ । अब हामी रियलाइज गर्ने अवस्थामा पुगिसक्यौँ । विगतमा कुनैपनि प्रश्न उठ्दै गर्दा नेताले राजीनामा दिएर प्रक्रियालाई सघाउनुपर्छ भन्ने दृष्टान्त, व्याख्याहरु वर्तमान गृहमन्त्रीज्युले लगभग एक वर्षअघि सदनमा प्रश्तुत गर्नुभएको थियो । हामी उहाँलाई भोलि त्यो सम्झाउन चाहन्छाँै । ’

सांसद झाले आफूहरुले प्रश्न सोध्न पाउनुपर्ने र सोध्दै नसोधको प्रश्नको तयारी गरेर जवाफ दिन नमिल्ने बताए । संसदमा गृहमन्त्री लेखकलाई जवाफ दिएर लुसुक्क हिँड्ने काम गर्न नदिने बताए । 

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय