रास्वपाले गर्‍यो सुमना र अनिलकेशरीको राजीनामा स्वीकृत

रास्वपाले गर्‍यो सुमना र अनिलकेशरीको राजीनामा स्वीकृत

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहमहामन्त्री सुमना श्रेष्ठ र प्रशिक्षण विभाग प्रमुख अनिल केशरी शाहको राजीनामा स्वीकृत गरेको छ ।

आज (आइतबार) बसेको पार्टी केन्द्रीय समिति बैठकले श्रेष्ठ र शाहले पदबाट दिएको राजीनामा स्वीकृत गरेको हो ।

श्रेष्ठले पार्टीमा ‘एक पद, एक व्यक्ति’ हुनुपर्ने बताउँदै सहमहामन्त्री पदबाट राजीनामा दिएकी थिइन् । उनी अहिले प्रतिनिधिसभा सदस्य हुन् । यस्तै शाहले प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारीमा रहेर नेतृत्व विकासका लागि काम गर्ने सोचे पनि पार्टीले त्यसप्रति प्राथमिकता नदिएकाले राजीनामा दिएको बताएका छन् ।

रास्वपा प्रवेश गरेर छोटो समयमा महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेका पूर्व बैंकर शाह पार्टीको विभागको जिम्मेवारीबाट अलग हुने जानकारी केही दिनअघि दिएका थिए । प्रशिक्षण विभाग प्रमुख रहेका उनले पदीय भूमिकाअनुसार जिम्मेवारी निर्वाह गर्न नसकेको आरोप समेत लाग्ने गरेको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय