कुरुवा कक्षमै एक्कासि लडेपछि मृत्यु

कुरुवा कक्षमै एक्कासि लडेपछि मृत्यु

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

अन्नपुर्ण न्युरो अस्पताल, माईतिघरमा बिरामीको कुरुवाको रूपमा बसेका एक युवकको अस्पतालमै एक्कासि लडेर ज्यान गएको छ।

मोरङ जिल्ला, मिक्लाजुङ गाउँपालिका वडा नं. ०२ साखारे स्थायी घर भई बस्ने ४२ वर्षीय प्रकाश लिम्बु मस्तिष्क सम्बन्धी समस्या देखिएपछि अन्नपुर्ण न्युरो अस्पतालमा उपचाररत थिए। उनको कुरुवाको रूपमा उनका काका–का छोरा ३२ वर्षीय दिपेश लिम्बु अस्पतालमै बसिरहेका थिए।

प्राप्त जानकारी अनुसार, दिपेश लिम्बु आज बिहान करिब २:१० बजे अचानक बिरामी कुरुवा कक्षमै लडेर बेहोस भएका थिए। अस्पतालका चिकित्सकले तत्काल जाँच गर्दा उनलाई बिहान २:३५ बजे मृत घोषणा गरिएको हो।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय