ओलीलाई बालेनको जवाफ- सरी, तिम्रो भ्रष्ट प्रणालीलाई समर्थन गर्दिन

ओलीलाई बालेनको जवाफ- सरी, तिम्रो भ्रष्ट प्रणालीलाई समर्थन गर्दिन

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर र प्रधानमन्त्री केपी शर्मा ओलीको टकराब सतहमा आएको छ ।

आज मात्रै प्रधानमन्त्री ओलीले सरकारी बैठकमा बालेन सहभागी नभएको भन्दै आलोचना गरेका थिए । उनले अबदेखि मेयर बालेनलाई बैठकमा नबोलाउन निर्देशन नै दिएका थिए ।

प्रधानमन्त्रीले सरकारी बैठकमा नआएको भन्दै आलोचना गरेपछि मेयर बालेनले पनि जवाफ फर्काएका छन् ।

उनले भ्रष्टाचारी जोगाउने नाइकेको कार्यक्रममा नजाने बताएका हुन् । उनले भ्रस्टचार रोक्छु भन्दा सबै लागेर भ्रष्टाचारी जोगाउँछु भन्ने पार्टीको नाइकेको कार्यक्रममा म गइदिनु पर्ने ? भनेर प्रश्न समेत गरेका छन् ।

जुन देशमा राजधानीको मेयरले भ्रस्टचार रोक्छु भन्दा , देशको सबै पार्टीको सबै लागेर भ्रष्टाचारी जोगाउँछु भन्छ ? त्यसको नाइकेको कार्यक्रममा म गइदिनु पर्ने ?, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

यस्तै मेयर बालेनले प्रधानमन्त्रीलाई भ्रष्ट प्रणालीलाई समर्थन नगर्ने पनि बताएका छन् । उनले लेखेका छन्– माफ गर्नुहोस् केपी ओली, म तपाईँको भ्रष्ट प्रणालीलाई समर्थन गर्दिन ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय