बलेको बत्तीमुनि बसेर पोष्ट लेख्दै ‘बिजुली गयो’ भन्ने न्यारेटिभ बनाइँदैछ :  विष्णु रिमाल

बलेको बत्तीमुनि बसेर पोष्ट लेख्दै ‘बिजुली गयो’ भन्ने न्यारेटिभ बनाइँदैछ :  विष्णु रिमाल

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य काममा काबिल रहेको जिकिर गरेका छन्।आइतबार सामाजिक सञ्जाल फेसबुकमा एक टिप्पणी लेख्दै उनले हितेन्द्र प्राधिकरणलाई कसरी प्रगतिमा पुर्‍याउन सकिन्छ भन्नेमा इमान्दार रहेको पनि बताएका छन् । तर, बलेको बत्तीमुनि बसेर पोष्ट लेख्दै ‘बिजुली गयो’ भन्ने न्यारेटिभ बनाइएको उनको भनाइ छ। यसमा सजग हुन रिमालले शाक्यलाई अनुरोध गरेका छन्।

‘बिजुली कसरी आयो थाहा नपाई, बिजुली ल्याइदिने देवता खडा गर्ने समाज हो यो । देवत्वकरणको पर्दाभित्र कस्तो यथार्थ लुकेको छ भन्ने कुरा सामाजिक सञ्जालमा न्यारेटिभ निर्माणमा खटाइएका व्यवसायीलाई थाहा छ, तर उनीहरू समाजमा त्यस विपरीत गहिरो भ्रम छरिरहेका छन् । समाजलाई कामको प्रतिफल दिने होइन, न्यारेटिभको अँध्यारो छायाँमुनि राखेर आफ्नो दुनो सोझ्याउने गिरोह सक्रिय छ ।’

अहिले समाजमा सेवा दिनेहरू होइन, कथा बनाउनेहरू चर्चामा रहेका रिमालको टिप्पणी छ। यस्तो बेलामा शाक्यले इमान्दार प्रयास गर्दा पनि, त्यो ‘फिड’ मा नदेखिने उनले उल्लेख गरेका छन्। ‘किनकी त्यो ‘फ्रेम’ को हिस्सा होइन । त्यसैले, सजग रहनुस्–काम गर्नुस्, तर ध्यान दिनुस्– कामभन्दा पनि कथा ठूलो भएको युगमा कथा लेख्नेहरू तपाईंको कामभन्दा अघि पुग्न सक्छन्’, रिमालले थपेका छन्, ‘कर्ममा अडिग रहनुहोस्, तर ‘कन्टेन्ट’ को दुनियाँले तपाईंलाई ‘कन्टेन्ट’ बनाउने खेलमा लागेको छ भन्ने कुरा नबिर्सिनुहोस् ।’

https://if-cdn.com/U5xcMObW?app=1

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय