भीम रावललाई प्रचण्डको आग्रह- समय खेर नफाल्नुस्, माओवादीमा आउनुस्

भीम रावललाई प्रचण्डको आग्रह- समय खेर नफाल्नुस्, माओवादीमा आउनुस्

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेबाट निष्काशित नेता भीम रावललाई माओवादीसँग सहकार्यमा आउन आग्रह गरेका छन्।

आज (शनिबार) रावलको गृह जिल्ला अछाम पुगेर प्रचण्डले यस्तो आग्रह गरेका हुन्।

‘कार्यक्रममा आउँदै गर्दा बाटोमै भीम रावलको सम्पर्क कार्यालय देखें,’ प्रचण्डले भने, ‘उहाँसँग हिजो मात्र फोनमा कुरा भएको थियो। उहाँले कार्यक्रम सफलताको शुभकामना दिनुभयो।’ आफूले रावललाई ‘किन भौंतारिई रहनु भएको छ ?’ भनेर प्रश्न गरेको पनि प्रचण्डले सुनाए।

उनले भने, ‘मैले तपाई किन अरू ठाउँ भौंतारिई रहनु भएको छ । आउनुस् हामी बसेर कुरा गरौँ, सहकार्य गरौं भने।’ जोसँग कुरा गर्नुपर्ने हो त्योसँग कुरा नगरेर समय खेर फालेको पनि बताएको अध्यक्ष प्रचण्डले बताएका छन्। ‘जोसँग कुरा गर्नुपर्ने त्योसँग नगरेर को–कोसँग कुरा गरे समय खेर फाल्दै हुनुहुन्छ भनेको छु,’ उनले भने।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय