गभर्नर सिफारिस समिति पुनर्गठन, पौडेलको ठाउँमा पाण्डे नियुक्त

गभर्नर सिफारिस समिति पुनर्गठन, पौडेलको ठाउँमा पाण्डे नियुक्त

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । सरकारले गभर्नर सिफारिस समिति पुनर्गठन गरेको छ। आज (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर सिफारिस समिति पुनर्गठन गरेको हो ।

यसअघि समितिमा रहेका दुई सदस्यले राजीनामा दिएका थिए। ती दुई सदस्यको स्थानमा डा. पोषराज पाण्डे र निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई सदस्य राखिएको सरकारका प्रवक्ता पृथ्बी सुब्बा गुरुङले जानकारी दिए। यसअघि पूर्वगभर्नर विजयनाथ भट्टराई र विश्व पौडेल सदस्य थिए । उनीहरु दुवै जनाले राजीनामा दिएका कारण दुई सदस्य थप गरिएको हो। विश्व पौडेलले समितिबाट राजीनामा दिएपछि एक स्थान रिक्त थियो।

गभर्नरका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गभर्नरका लागि पौडेलको नाम अघि सारेको चर्चा भएलगत्तै उनले सिफारिस समितिबाट राजीनामा दिएका थिए। राष्ट्र बैंकबाट महाप्रसाद अधिकारी बाहिरिएसँगै लामो समयदेखि गभर्नर नियुक्त हुन सकेको छैन।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय