नेपालको तिर्न बाँकी ऋण २४ खर्ब ३४ अर्ब बढी, ब्याज मात्र ८२ अर्ब भुक्तानी

नेपालको तिर्न बाँकी ऋण २४ खर्ब ३४ अर्ब बढी, ब्याज मात्र ८२ अर्ब भुक्तानी

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । नेपाल सरकारले लिएको ऋण भार २४ खर्ब ३४ अर्ब १० करोड रहेको छ ।

महालेखा परीक्षकको कार्यालयले आज (बुधबार) राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको ६२औं वार्षिक प्रतिवेदनमा २०८१ आषाढ मसान्तसम्म नेपाल सरकारको कुल तिर्न बाँकी ऋण २४ खर्ब ३४ अर्ब १० करोड रहेको उल्लेख गरेको छ ।

उक्त ऋणमध्ये बाह्य ऋण १२ खर्ब ५३ अर्ब ५० करोड (५१.४९ प्रतिशत) र आन्तरिक ऋण ११ खर्ब ८० अर्ब ९० करोड (४८.५१ प्रतिशत) रहेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट प्राप्त विवरणअनुसार आव २०८०.८१ मा आन्तरिक ऋणको ब्याज ७२ अर्ब ७७ करोड र वैदेशिक ऋणको ब्याज ९ अर्ब २६ करोड समेत ८२ अर्ब ३ करोड भुक्तानी भएको प्रतिवेदनमा उल्लेख छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय