व्यवसायी दुर्गा प्रसाईमाथि कालोमोसो दल्न अग्रपंक्तिमा रहेका विनोद राई राष्ट्रिय युवा संघ नेपालको सचिव पदमा उठेका छन् ।
राजधानीस्थित यल्लो प्यागोडा होटलमा दुर्गा प्रसाईंले आयोजना गरेको पत्रकार सम्मेलन सकिएलगत्तै उनीमाथि अज्ञात समूहले कालोमोसो प्रहार गरेका थिए। उक्त घटनामा राई अग्रसर भूमिकामा रहेको बताउदै आएका छन् ।
नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको सचिवालय सदस्य तथा सामाजिक सेवा विभाग प्रमुखका रूपमा रहेका राई आगामी पोखरामा हुने दशौं महाधिवेशनमा सचिव पदका सशक्त उम्मेदवारका रूपमा अगाडि आएका छन्। उनले विगतमा रमेश पौडेल, वचन सिंह, किरण पौडेल नेतृत्वको सचिवालयमा काम गरिसकेका छन्।
राईलाई संगठनभित्र संगठित, निडर र निष्ठावान युवा नेताका रूपमा चिनिन्छ। सामाजिक सेवा विभागलाई प्रभावकारी ढंगले सञ्चालन गरेर संगठनभित्र पृथक पहिचान बनाएका उनले, जुनसुकै जटिल जिम्मेवारी पनि सहजै निर्वाह गर्न सक्ने क्षमता देखाएका छन्।
गणतन्त्र विरोधी, जातीय अराजकता र समाजलाई भड्काउने तत्वहरूको विरुद्धमा राई निरन्तर संगठनको अग्रपंक्तिमा रहेर लड्दै आएका छन्। व्यक्तिगत स्वार्थभन्दा संगठनलाई प्राथमिकता दिने स्वभावका राई घटनापछि अझ चर्चामा आएका छन्।





