महिला टी–२० विश्वकप : नेपालले बहराइनलाई हरायो

महिला टी–२० विश्वकप : नेपालले बहराइनलाई हरायो

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरमा नेपालले दोस्रो खेलमा बहराइनमाथि ९ विकेटको फराकिलो जित हात पारेको छ ।

थाइल्याण्डमा जारी प्रतियोगितामा नेपालले बहराइनलाई पाँच ओभरको खेलमा ४ बल बाँकी रहँदै जित निकालेको हो। बहराइनले दिएको ४२ रनको लक्ष्य नेपालले ४ दशमलव २ ओभरमा एक विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि कविता कुँवरले १८, सम्झना खड्काले १३ र इन्दु बर्माले ७ रन बनाइन् ।

वर्षाका कारण खेल पाँच ओभरमा झारिएको थियो । पहिला ब्याटिङ गर्दै बहराइनले एक विकेट गुमाउँदै ४१ रन बनाएको थियो । नेपालका लागि पूजा महतोले एक विकेट लिइन् । पहिलो खेल नेपाल र हङकङबीचमा पानी परेका कारण रद्द भएको थियो । खेल नभएपछि दुवै टोलीले अंक बाँडेका थिए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय