सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार चार सय रुपैयाँले घटेर एक लाख ९० हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बिहीबार सुन प्रतितोला एक लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी ५ रुपैयाँले बढेर एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार भने तोलामा एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार भएको थियो । 

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय