विश्वकै खतरनाक जेल फेरि खोल्ने ट्रम्पको घोषणा

विश्वकै खतरनाक जेल फेरि खोल्ने ट्रम्पको घोषणा

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमपले अल्काट्राज जेललाई फेरि खोल्ने र विस्तार गर्ने घोषणा गरेका छन्। आइतबार उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथमा लेखेका छन्, ‘लामो समयदेखि अमेरिका क्रुर, हिंस्रक र पटक–पटक अपराध गर्ने अपराधिदेखि त्रस्त रहेको छ।’ ट्रम्पले कारागार ब्यूरोसँगै न्याय विभाग, एफबीआई र होमल्यान्ड सेक्यूरिटीलाई यो जेल फेरि खोल्न निर्देशन दिएका छन्।

उनले भने, ‘अमेरिकाले सबैभन्दा धेरै क्रुर र हिंस्रक अपराधिका लागि अल्काट्राज जेललाई खोल्ने निर्देशन दिएको छ।’ अल्काट्राजलाई फेरि खोल्नु कानुन, व्यवस्था र न्यायको प्रतीक हुने पनि उनको भनाइ छ । अल्काट्राज जेल एक द्वीपमा अवस्थित छ। यसलाई विश्वको सबैभन्दा खतरनाक जेल मानिन्छ । सन् १९६३ मा यो जेललाई बन्द गरिएको थियो । अल्काट्राज द्वीप हाल पर्यटकीयस्थलको रुपमा परिचित छ । यो सन फ्रान्सिस्कोको गोल्डेन गेट ब्रिज नजिक रहेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय