ललितपुरमा भयानक कार दुर्घटना : बिजुलीको पोल भाँच्चियो, ३ जना घाइते

ललितपुरमा भयानक कार दुर्घटना : बिजुलीको पोल भाँच्चियो, ३ जना घाइते

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

ललितपुरको सातदोबाटो–हात्तीवन ओरालोमा ११ हजार भोल्टको करेन्ट बग्ने बिजुलीको पोलमा कार ठोक्किएर भयानक दुर्घटना भएको छ। आइतबार राति सवा ११ बजे आसपास बा १५ च ७६५२ नम्बरको बिजुलीको पोलमा ठोक्किएको हो । कारको ठक्करबाट बिजुलीको पोल भाँचिएर बीच सडकमा पुगेको छ । जसका कारण त्यस क्षेत्रको यातायात आवागमन बन्द गरिएको छ ।

पोलमा ठोक्किएको कारमा सवार तीन जना घाइते भएर बीएण्डबी अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घाइते हुनेमा म्याग्दी घर भएका ४० वर्षीय अमरध्वज पौडेल, ललितपुर गोदावरीका ३२ वर्षीय विशाल विक र सोही ठाउँका २९ वर्षीय मोसेफ लामिछाने छन् । घाइतेमध्ये विशालको अवस्था चिन्ताजनक रहेको ललितपुर प्रहरीले जनाएको छ । उनको आईसीयूमा उपचार भइरहेको छ ।

दुर्घटनामा परेको कारको अगाडिको भाग क्षतिग्रस्त भएको छ । तीव्र गतिमा रहेको कार आफैं अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ । ११ हजार भोल्टको करेन्ट प्रवाह हुने बिजुलीको तार टाँगिएको पोल नै सडकको बीच भागमा रहेकाले सवारी आवागमन बन्द गरिएको हो । ललितपुर महानगरपालिकाका नगर प्रहरी, नेपाल विद्युत् प्राधिकरणका प्राविधिक समेतको सहयोगमा पोल हटाउने प्रयास जारी छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय