पोपको अवतारमा फोटो शेयर गरेपछि ट्रम्पको आलोचना

पोपको अवतारमा फोटो शेयर गरेपछि ट्रम्पको आलोचना

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पोपको रूपमा आफूलाई देखाइएको एक एआई तस्वीर राष्ट्रपति कार्यालयको इन्स्टाग्राम खाताबाट शेयर गरेपछि क्याथोलिक समुदायबाट कडा विरोध भएको छ।

२१ अप्रिलमा पोप फ्रान्सिसको निधनपछि क्याथोलिक समुदाय शोकमा रहेको बेला ट्रम्पले आफूलाई पोपको अवतारमा देखाउने फोटो सार्वजनिक गरेका हुन् । ट्रम्पले शेयर गरेको उक्त तस्वीरमा उनी पोप जस्तै सेतो पोशाक र टोपीमा देखिएका छन् । तस्वीरमा उनी घाँटीमा ठूलो क्रस लगाएर गम्भीर भावमा औँला उठाउँदै उभिएका छन् ।

न्यूयोर्क राज्य क्याथोलिक सम्मेलनले ट्रम्पमाथि उनीहरूको आस्थाको मजाक उडाएको आरोप लगाएको छ । केही दिन अघि ट्रम्पले पत्रकारहरूसँग हाँसो गर्दै भनेका थिए, ‘म पोप बन्न चाहन्छु ।’ यद्यपि राष्ट्रपति ट्रम्प यसरी विवादमा तानिएका पहिलो पटक भने होइन। एक वर्षअघि पूर्व राष्ट्रपति जो बाइडनले प्रो–एबोर्शन ¥यालीमा ‘साइन अफ द क्रस’ बनाएका कारण क्याथोलिक समुदाय रुष्ट भएको थियो ।

भ्याटिकनले भने हालसम्म ट्रम्पको उक्त तस्वीरमा कुनै प्रतिक्रिया दिएको छैन। भ्याटिकनमा बुधबारदेखि नयाँ पोपको चयन प्रक्रिया सुरु हुन लागेको छ । न्यूयोर्क क्याथोलिक सम्मेलनले सामाजिक सञ्जाल एक्समा लेखेको छ, ‘मिस्टर प्रेसिडेन्ट, यो फोटोमा केही पनि रमाइलो छैन । हामीले भर्खरै आफ्ना प्रिय पोपलाई बिदा गरेका छौँ र अब एक गम्भीर निर्वाचन प्रक्रिया सुरु हुँदैछ । कृपया हाम्रो आस्थाको मजाक नउडाउनु होस् ।’

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय