पोखरीमा डुबेर एकै घरका दुई बालकको मृत्यु

पोखरीमा डुबेर एकै घरका दुई बालकको मृत्यु

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

नवलपरासी । नवलपरासीको सुनवलमा एकै घरका दुई बालकको पोखरीमा डुबेर मृत्यु भएको छ । नवलपरासी पश्चिमको सुनवल नगरपालिका–६ पुलटोल बस्ने विष्णु कवंरका दुई छोराको घर नजिकैको पोखरीमा डुबेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा १० वर्षीय विप्सन र उनका भाइ ८ वर्षीय दिप्सन रहेका इलाका प्रहरी कार्यालय सुनवलका इन्सपेक्टर सन्तोष पौडेलले जानकारी दिए । शुक्रबार साँझ पोखरीमा एक बालक तैरिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

खोजी गर्ने क्रममा अर्का बालकको पनि शव फेला परेको प्रहरीले जनाएको छ। उनीहरु स्थानीय जनसेवा माध्यामिक विद्यालयमा कक्षा २ र कक्षा ४ मा अध्ययनरत थिए । घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय