नीति तथा कार्यक्रमबारे डा. बाबुराम भट्टराईको प्रतिक्रिया- पास मात्र, फर्स्ट डिभिजन आएन

नीति तथा कार्यक्रमबारे डा. बाबुराम भट्टराईको प्रतिक्रिया- पास मात्र, फर्स्ट डिभिजन आएन

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले आगामी वर्षका लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रमलाई विगमतै निरन्तरता भएको प्रतिक्रिया दिएका छन्।

नीति तथा कार्यक्रमबारे सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले केही सुधारात्मक भए पनि अहिलेको निम्ति पर्याप्त नभएको बताएका छन् ।

उनले भने, ‘उहाँहरुले सबैलाई खुशी पार्छु भन्ने ढंगले आउनु भयो । त्यो सम्भव छैन । अर्थतन्त्र र सुशासनको क्षेत्रमा प्राथमिकता दिनुपर्ने हो । सुशासन कायम गर्ने अंगहरुलाई बलियो बनाउँछौं सुधार गर्छौँ भन्न सक्नु पर्थ्याे । त्यो भन्न सकेको देखिएन ।’ उनले नीति तथा कार्यक्रम सामान्यतय पास भए पनि फस्ट डिभिजन नआएको टिप्पणी गरेका छन् । उनले पुरानो सोचबाट नहुने भएकाले आफूहरुले वैकल्पिक राजनीतिकको कुरा उठाएको बताएका छन् ।

बाबुराम भट्टराईले सरकारले नीति तथा कार्यक्रममा गुणात्मक परिवर्तनको मौका गुमाएको बताएका छन् । ‘गुणात्मक महत्वको परिवर्तनका कुराहरू आउँछन् कि भन्ने मेरो अपेक्षा थियो । तर, मैले त्यस्तो पाइनँ,’ उनले भने, ‘निरन्तरतामै यो आयो । अहिलेको निम्ति त्यति पर्याप्त छैन । फेरि बजेटमा कस्तो व्यवस्था भएर आउँछ भन्ने हेर्न बाँकी छ ।’ पूर्व अर्थमन्त्री समेत रहेका भट्टराईले जेनजी र स्टार्टअपको विषय आए पनि बजेटमा त्यसलाई कसरी सम्बोधन गरिनेछ भनेर हेर्न बाँकी रहेको बताएका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय