प्रिशा मृत्युबारे भारतीय विदेश मन्त्रालयले भन्यो–हामी निरन्तर समन्वयमा छौं

प्रिशा मृत्युबारे भारतीय विदेश मन्त्रालयले भन्यो–हामी निरन्तर समन्वयमा छौं

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । भारतको ओडिसास्थित केआईआईटी कलेजमा नेपाली छात्रा प्रिशा साह मृत भेटिएको विषयमा भारतीय विदेशमन्त्रालयले दुःख व्यक्त गरेको छ । आज (शुक्रबार) विज्ञप्ति जारी गर्दैै मन्त्रालयले घटनाको जानकारी आएदेखि नै मन्त्रालय ओडिसा राज्य सरकारसँग निन्तर सम्पर्क र समन्वयमा रहेको बताएको छ ।

ओडिसा राज्य सरकारले मृतकको परिवारलाई पूर्ण सहयोग गरेको र राज्य प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको मन्त्रालयको भनाइ छ । ‘विदेश मन्त्रालयले यस दुःखद घटनाको जानकारी पाएदेखि नै ओडिसा राज्य सरकारसँग निरन्तर सम्पर्कमा रहेको छ,’ विज्ञप्तिमा भनेको छ, ‘ओडिसा राज्य सरकारले मृतकको परिवारलाई पूर्ण सहयोग प्रदान गरेको छ र ओडिसा प्रहरीले हाल घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ ।’

त्यस्तै मन्त्रालयले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सुरक्षा, संरक्षण र हितलाई अत्यन्त गम्भीरतापूर्वक सरकारले लिएको उल्लेख गरेको छ । ‘भारत सरकारले सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सुरक्षा, संरक्षण र हितलाई अत्यन्त गम्भीरतापूर्वक लिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी नेपाली अधिकारीहरू, ओडिसा राज्य सरकार तथा केआईआईटी व्यवस्थापनसँग निरन्तर सम्पर्क र समन्वयमा रहेका छौं ।’

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय