ओली, देउवा र ‘प्रचण्ड’बारे बाबुरामको टिप्पणी-‘श्री ३ हरूले देशलाई कंगाल बनाए’

ओली, देउवा र ‘प्रचण्ड’बारे बाबुरामको टिप्पणी-‘श्री ३ हरूले देशलाई कंगाल बनाए’

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँ । नेसपा (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले केही वर्षयता काँग्रेस र कम्युनिष्टहरुले सत्ता चलाएकै कारण देश कंगाल हुँदै भएको आरोप लगाएका छन्।

जनवर्गीय संगठन नेपाल समाजवादी ट्रेड युनियन महासंघको आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कम्युनिष्ट भन्नेहरू नै भ्रष्टाचारमा लिप्त भएको जिकिर गरेका हुन्।

उनले भने, ‘राजनीति भनेको तमासाजस्तो भएको छ कहिले, केही मान्छेहरूलाई झूटा सपना देखाउने, चुनाव जित्ने अनि सत्तामा गएर लूट मच्याउनेलाई राजनीति भन्ने गरिएको छ। देशलाई विकल्प दिने भनेर आएका यी मुख्य तीन दल नै पालैपालो सरकार चलाएर श्री ३ भएर बसेका छन्, त्यसैले अब यी सबैको विकल्पमा नयाँ शक्तिको आवश्यकता छ।’

उनले प्रधानमन्त्री केपी ओली, काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादीका अध्यक्ष ‘प्रचण्डले सत्ता आलोपालो चलाएका तीन नेताहरूकै कारणले जनतामा वितृष्ण बढेकै कारणले अहिले श्री ३ भन्दा श्री ५ नै ठिक हो कि भन्ने पर्न थालेको बताए।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय