पेस्तोल पड्काउँदै नाच्ने बबी सिंह छुटिन् 

पेस्तोल पड्काउँदै नाच्ने बबी सिंह छुटिन् 

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

पेस्तोल पड्काउँदै नाचेको भिडिओ भाइरल बनेपछि प्रहरी सोधपुछमा परेकी जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय सदस्य डा. बबी सिंह यादवलाई प्रहरीले छाडेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले उनलाई सोधपुछका लागि भन्दै कार्यालयमा बोलाएको थियो । सोधपुछ गरेपछि प्रारम्भिक अनुसन्धानका क्रममा सक्कली नभई बारुद मात्रै पड्किने खालको भएपछि उनलाई छाडिएको प्रहरीले बताएको छ ।

यादवले सर्लाहीमा हल्दी-मेहेन्दी कार्यक्रममा पेस्तोल पड्काएको खुलेको थियो । पेस्तोल पड्काएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि अनुसन्धान अघि बढाइएको थियो । उनकै बयानका आधारमा सर्लाहीको मलंगवा नगरपालिका-२ का अञ्जनी कुमारको घरबाट प्रहरीले पेस्तोल बरामद गरेको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय