जसपा नेत्रीको ‘पेस्ताेल डान्स’ भाइरल

जसपा नेत्रीको ‘पेस्ताेल डान्स’ भाइरल

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय नेता डा. बबीसिंह यादवले पेस्तोल पड्काउँदै नाचेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

बुधबार सामाजिक सञ्जालमा बाहिरिएको भिडिओमा सिंहसँगै अन्य मानिसहरू पनि नाचिरहेको देखिन्छ । पेस्तोलबाट सिंहले एक राउण्ड ‘हवाई फायर’ गरेको धुवाँ उडेको दृश्य पनि भिडिओमा देखिन्छ । त्यसपछि अर्का युवाले उक्त पेस्तोल समाएको देखिन्छ ।

पेस्तोल पड्काउँदै नाचेको भिडिओ भाइरल भएपछि यसबारे अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । अहिलेसम्म उक्त भिडिओ कहाँको र कहिलेको हो भन्ने केही खुलिनसकेको उनले बताएका छन् ।

भिडिओ सार्वजनिक भएपछि सिंहलाई बोलाइएको उनले बताएका छन् । ‘हामीले उहाँलाई बोलाइसकेका छौं । उहाँ पनि आउँछु भन्नु भएको छ । त्यसपछि यसको वास्तविकता आउँला’, एसपी ढकालले भने । यस विषयमा समाचार समेत बनेपछि नेतृ डा. बबीले ‘खेलौना पेस्तोल’ रहेको दाबी गरेकी छन् । सप्तरीको बोदे बरसाइन नगरपालिका–५ की यादव जसपा नेपालकी उपाध्यक्ष समेत रहेका राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादवकी छोरी हुन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय