अमरेश सिंहको आरोप- ‘गगन थापाको बेडरुमसम्मै भ्रष्टाचारीको पहुँच छ’

अमरेश सिंहको आरोप- ‘गगन थापाको बेडरुमसम्मै भ्रष्टाचारीको पहुँच छ’

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहले नेपाली काँग्रेसका महामन्त्री गगन थापाको बेडरुमसम्मै भ्रष्टाचारीको पहुँच रहेको दाबी गरेका छन् ।

केही दिनअघि महामन्त्री थापाले प्रधानमन्त्री केपी ओलीको बेडरुमसम्मै बिचौलियाहरूको पहुँच रहेको आरोप लगाएका थिए ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सिंहले महामन्त्री थापाको बेडरुमसम्म सर्वोच्चबाट भ्रष्टाचारी प्रमाणित व्यक्ति पुग्ने गरेको दाबी गरेका छन् ।

उनले भने, ‘काँग्रेसमा महामन्त्रीले प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्नुभयो । आफ्नो आङको भैँसी नदेख्ने, अर्काको आङको जुम्रा देख्ने, सर्वोच्च अदालतबाट भ्रष्टाचारमा सजाय पाइसकेको व्यक्ति उहाँको बेड रुममा छ । कैद र जरिवाना दुवै पाइसकेको उहाँको बेड रुममा छ । अहिलेसम्म काँग्रेसले उसलाई हटाउन सकेको छैन । किनकि नेपाली काँग्रेसलाई संविधान, नियम र कानूनको पालना गर्न आउँदैन ।’

उनले गृहमन्त्रीको संरक्षणमा तस्करी र गुण्डागर्दी पनि चलिरहेको आरोप लगाएका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय