मिश्रमाथि प्रहरी ज्यादती : अदालत लैजाँदा पनि दुईटै हातमा हत्कडी, नमस्ते गर्न पनि दिइएन

मिश्रमाथि प्रहरी ज्यादती : अदालत लैजाँदा पनि दुईटै हातमा हत्कडी, नमस्ते गर्न पनि दिइएन

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि प्रहरीले अपमानजनक व्यवहार गरेको छ । आज (आइतबार) म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लैजाने क्रममा उनलाई दुईटै हातमा हत्कडी लगाइएको पाइएको छ ।

थुनुवाको पोशाकमा गाडीबाट ओरालेर हत्कडीसहित अदालत लैजाँदै गर्दा प्रहरीले उनलाई धकेलेको भिडिओ सामाजिक सञ्जालहरुमा आएका छन् । मिश्र हत्कडीसहितको हात उठाएर अदालततर्फ ‘नमस्कार’ गर्न खोज्छन् । तर, प्रहरीले उनको हातमै धकेलेर तल झारिदिन्छन् । प्रहरीले रोक्दै गर्दा मिश्र भन्छन्, ‘अदालतलाई नमस्कार गर्नुपरेन ?’

घटनास्थलमा रहेका राप्रपा केन्द्रीय सदस्य रञ्जन कार्कीले प्रहरीबाट वरिष्ठ उपाध्यक्ष मिश्रमाथि ज्यादतीपूर्ण व्यवहार भएको बताएका छन् । ‘राजनीतिक आन्दोलनमा सहभागी भएकै कारण एउटा प्रमुख दलको वरिष्ठ उपाध्यक्षलाई यो किसिमको व्यवहार भत्र्सनापूर्ण छ’, उनले भने । यसअघि पनि मिश्रलाई अदालत ल्याउँदा हत्कडी लगाउने गरिएको थियो । तर, गाडीबाट ओराल्ने बेलामा हत्कडी खोलिन्थ्यो । तर, आज भने गाडीबाट ओर्लिदा पनि हत्कडी खोलिएन ।

भिडियो स्रोत : शरदराज पाठक

https://if-cdn.com/EXLWjyV?app=1

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय