ट्राफिक प्रहरीले युवकलाई कुटपिट गरेको भिडियो सार्वजनिक

ट्राफिक प्रहरीले युवकलाई कुटपिट गरेको भिडियो सार्वजनिक

साहसी खबर
2 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

चार जना ट्राफिक प्रहरीले एक युवकलाई मरणासन्न हुने गरी निर्घात कुटपिट गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

यो भिडियो शेयर गर्दै धेरैले प्रहरीलाई कारबाहीको माग गरिरहेका छन् । उक्त भिडियोको सम्बन्धमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले छानबिन समेत अघि बढाएको छ । भिडियोमा एक जना ट्राफिक प्रहरीले लात्तैलात्ताले युवकलाई कुटपिट गरेको देखिन्छ ।

सँगै रहेका अन्य तीन जना ट्राफिकले छुट्याउने प्रयास समेत गरेको देखिँदैन । भिडियोमा कीर्तिपुर रुटमा चल्ने बस देखिएको छ । अन्य मोटरसाइकलहरू कुदिरहेका देखिन्छन् । एक जना ट्राफिकले कालो चस्मा लगाएर यताउता हेरेर निगरानी गरेको जस्तो पनि देखिन्छ। कुटाइ खाने युवकको हातमा हेल्मेट छ । जसबाट उनी मोटरसाइकल चालक हुन् भन्ने अनुमान गर्न सकिन्छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, एसपी दीपक गिरीले भिडियो बाहिरिएसँगै छानबिन शुरू भएको बताए ।

‘भिडियो अलि पुरानो जस्तो छ, कीर्तिपुर रुटमा चल्ने बस देखिएकाले त्यहीँ आसपासको हो कि भन्ने ठानिरहेका छौं’, एसपी गिरीले भने, ‘भिडियोमा देखिएका ट्राफिक प्रहरीको परिचय खुलाउने प्रयास भइरहेको छ । भिडियो जहिलेको भए पनि छानबिन हुन्छ । दोषीलाई कारबाही हुन्छ ।’ उनले भने, ‘काठमाडौंको जस्तो देखिए पनि यकिन भएको छैन । जाडोमा लगाउने युनिफर्म ज्याकेट लगाएकाले यो भिडिओ अहिलेको नभएर जाडोयामको हुनसक्छ,’ गिरीले भने, ‘यद्यपि भिडिओ सार्वजनिक भएपछि बुझ्ने काम भइरहेको छ ।’

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय