जम्मु–कश्मीरमा मृत्यु भएका नेपाली बुटवलका भएको पुष्टि

जम्मु–कश्मीरमा मृत्यु भएका नेपाली बुटवलका भएको पुष्टि

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

जम्मु–कश्मीरको पहलगाममा आतंकवादी हमलाबाट मृत्यु भएका एक नेपालीको ठेगाना खुलेको छ । मृत्यु हुनेमा नेपालका सुदीप न्यौपाने रहेका छन् । उनी रुपन्देहीको बुटवल उपमहानगरपालिकाको बासिन्दा रहेको पाइएको छ । हमलामा २६ जनाको ज्यान गएको थियो ।

त्यस्तै आतंकवादी हमलाबाट आक्रमणमा परी घाइते हुनेमा एक नेपाली पनि रहेकी छन् । घाइते हुनेमा नेपालकी रेनु पाण्डे पनि रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । सञ्चारमाध्यमहरुले घाइते र मृतकको नाम सार्वजनिक गरेको सूचीमा पाण्डेको नाम पनि उल्लेख छ ।

घाइते भएकी उनको अवस्था स्थिर रहेको छ । सैनिक पोशाकमा पाँच बन्दुकधारीले पर्यटकीय क्षेत्रमा रमाइरहेका पर्यटकलाई उनीहरुको नाम र देश सोध्दै हिन्दू नाम भएका जतिलाई गोली हानेका थिए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय